
काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर ओरालो लागेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि स्थानीय बजारमा पनि सुनको भाउ ओरालो लागेको छ ।
स्थानीय बजारमा यो साता सुनको मूल्य २ हजार ८ सय रुपैयाँले ओरालो लागेको छ । पौष २४ गते शुक्रबार ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य माघ २ गते शुक्रबारसम्म आइपुग्दा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो । गत विहीबार ९२ हजार १ सयमा कारोबार भएको सुनको मूल्य ४ सयले उकालो लागेको थियो ।
यस्तै यो साता चाँदीको मूल्य तोलामा ९० रुपैयाँले घटेको छ । गत शुक्रबार तोलाको १३ सय ३० रुपैयाँँमा कारोबार भएको चाँदीको मूल्य यस साता भने ११ सय ६० रुपैयाँ पुगेको छ ।
कोरोना विरुद्धको खोपको सुरुवातसँगै अन्तराष्ट्रिय बजारमा आएको सकारात्मक समाचारले सुनको मुल्यमा गिरनवट आएको हो । खोपको समाचारले अन्तराष्ट्रिय बजारमा डलर थप बलियो हुने र सुनको मुल्य अझै घट्न सक्ने विश्लेषण गरिएको छ ।
अन्तराष्ट्रिय बजारमा शनिबारसम्म सुन प्रतिऔंस १८ सय २९ डलरमा कारोबार भइरहेको थियो । अन्तराष्ट्रिय बजारमा यसै साता सुन प्रतिऔंस १८ सय २२ देखी १८ सय ५६ डलरसम्म कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्