२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बाइडेनको पहिलो कदमले अमेरिकाका दुई पुस्तालाई ऋणमा धकेल्ने !


0
Shares

एजेन्सी । २० जनवरीमा विश्वको शक्तिशाली देश अमेरिकाले आफ्नो नयाँ राष्ट्रपति पाउँदैछ । राष्ट्रपतिको रुपमा ७८ वर्षीय जोसेफ रोबनेट बाइडेन जुनियरले सपथ ग्रहण गर्दैछन् ।

राष्ट्रपति ट्रम्पका समर्थकहरुबाट हुनसक्ने सम्भावित हिंसा रोक्न अहिले अमेरिकाको राजधानी वासिंटन डिसीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अमेरिकाले अफगानिस्तान र इराकमा पठाएको सेनाभन्दा बढी सेना सडकमा उतारेको छ । हुन त वासिंटनमा जनवरी २१ सम्म संकटकाल लगाइएको छ ।

वासिंटनमा हुने नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ समारोहका लागि शहरलाई नै सुरक्षित पारिएको छ । कोरोना भाइरसको महामारी र सुरक्षा संवेदनशीलताका कारण बाइडेनको सुरुवात नै दमदार हुन त पाएन ।

यसैबीच बाइडेनले अमेरिकाको दुई पुस्तलाई ऋणमा डुबाउने गरी एक कार्यक्रम घोषणा गर्दै हुनुहुन्छ । उहाँले बिहीबार लगभग २ खरब अमेरिकी डलर बराबरको आर्थिक प्याकेज घोषणा गर्न लाग्नुभएको छ ।

महामारीबाट बच्नका लागि घोषणा गर्न लागिएको आर्थिक प्याकेजमा खोप कार्यक्रम, कम आयश्रोत भएकाहरुलाई नगद सहयोग, साना ब्यापारीहरुको सहयोग र पूरै अर्थव्यवस्थालाई गति दिने योजना छ । यसका लागि फेडरल बैंकले लगानी गर्नेछ ।

यसअघि ट्रम्पले घोषणा गरेको आर्थिक प्याकेजबाट अमेरिका ३.५ खरब डलर ऋणमा छ । यसरी ऋण थपेर आर्थिक प्याकेज घोषणा गर्न लाग्नुभएका बाइडेनको मुख्य ध्यान कोरोना नियन्त्रण र सुस्ताएको आर्थिक क्षेत्रलाई माथि उकास्नु हो ।

अमेरिकी आर्थिक विशेषज्ञहरुले ऋण बढ्नुको मुख्य जिम्मेवार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मानेका छन् । उनीहरुले ट्रम्पले देशको ऋण घटाउने बाचा गरे पनि देशको ऋण बढाएको बताएका छन् ।

ट्रम्पले ४ वर्षमा ७.८ अर्ब ऋण बढाएको अमेरिकी विशेषज्ञहरुको दाबी छ । राष्ट्रपति ट्रम्प २०१६ मा सत्तामा आउँदा अमेरिकाको ऋण १९.९५ खरब थियो भने ३१ डिसेम्बर २०२० सम्म उक्त ऋण २७.७५ खरब पुगेको छ ।