१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चिसो बढेपछि पश्चिम नवलपरासीका निजी विद्यालय बन्द


0
Shares

काठमाडौं । अत्याधिक चिसो बढेपछि पश्चिम नवलपरासीका निजी विद्यालय बन्द भएका छन् ।

केहिदिनदेखि लगातार बढेको चिसोको कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्ने भएकोले आइतबारदेखि ३ दिनका लागि विद्यालय बन्द गरिएको प्याब्सन नवलपरासीका जिल्ला अध्यक्ष ईन्द्र गुरुङ्गले बताउनुभयो ।

पश्चिम नवलपरासीमा पछिल्लो एक सातादेखि लगातार चिसो बढ्दै गइरहेको छ । चिसो बढेसँगै यहाँको जनजीवन पनि प्रभावित बनेको छ । बुधबारबाट भने विद्यालय नियमित रूपमा सञ्चालनमा आउने गुरुङ्गले जानकारी दिनुभयो ।

प्याब्सन नवलपरासीमा ९६ वटा विद्यालय आवद्ध छन् । प्याब्सनमा आवद्ध विद्यालय बन्द भए पनि सामुदायिक विद्यालयहरू भने खुल्नेछन् ।