१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पोखरी खन्नै नपर्ने ‘बायोलक’ प्रविधिमा माछापालन गर्दा दोब्बर उत्पादन


26
Shares

प्रदीप आचार्य
रुपन्देही । तिलोत्तमा नगरपालिका–१३ वनकट्टीमा तीन युवाले समृद्धि एग्रो फार्म एण्ड रिसर्च सेन्टर स्थापना गरी बायोलक ट्याङ्कमा माछाका भुरा राखेर व्यावसायिक रूपमा माछापालन गर्न सुरु गरेका छन् । परीक्षणका रूपमा ७ सय टिलापिया जातको माछाका भुरा राखेर परीक्षण गरिएको थियो ।

पहिलो चरणको सफलतापछि व्यावसायिक रूपमा ‘बायोलक’ प्रविधि बाट माछा पालन सुरु गरिएको हो । बायोलक मार्फत माछापालन वैज्ञानिक प्रविधिको जमिन नबिगारी सतहभन्दा माथि ट्याङ्कमार्फत बढी घनत्वमा माछा पालन गर्न मिल्ने प्रविधि हो ।

पानीमा सूक्ष्म जीव ब्याक्टेरिया उत्पादन गरी माछालाइ बाँच्न मिल्ने वातावरण यो प्रविधिमार्फत तयार गरिन्छ । बायोलक प्रविधिबाट उत्पादन भएको माछा स्वस्थ र सफा हुन्छ । यो प्रविधिमा पानी परिवर्तन समेत गर्नुनपर्ने सञ्चालकमध्येका एक प्रतिक पौडेल बताउँछन् ।

सञ्चालक प्रतिक पौडेल

बायोलक प्रविधिमा थोरै जग्गा भएकाहरूले समेत माछापालन गर्न सक्छन् । थोरै जग्गामा धेरै पाल्न मिल्ने र निकाल्न सजिलो हुन्छ । परम्परागत रूपमा माछापालन गर्दा एक कट्ठा जग्गामा १ सय ५० केजीदेखि ३ सय केजी मात्र माछापालन गर्न सकिन्छ । तर, यो प्रविधिमा सोही बराबरको जग्गामा छ हजार केजीसम्म माछा उत्पादन गर्न सकिने सञ्चालकमध्येकम एक अजय भण्डारी बताउनुहुन्छ । एक कट्ठा जग्गामा तीन डायमिटरका १६ वटा ट्याङ्क अट्छ ।

सञ्चालक अजय भण्डारी

करिब ३५ लाखको लगानीमा सुरु गरिएको बायोफ्लक प्रविधिमा युवाहरूले ८ वटा बायोफ्लक ट्याङ्की मार्फत माछापालन गरिरहेका छन् । कम लगानी बाट सानो स्थानमा माछा पालन गर्न सकिने भएकाले पनि युवाहरूले यसमा लगानी बढाउँदै लैजाने बताएका छन् । यस बर्ष १० हजार माछा उत्पादन गर्ने लक्ष्य फर्मले राखेको छ । माछा पालनसंगै फर्मले कुखुरा पालन समेत गर्दै आएको छ ।