
काठमाडौं । जर्मनीमा उपचार गराइरहेका रुसी विपक्षी नेता अलेक्सी नाभाल्नी जर्मनीबाट रुस फर्के लगत्तै पक्राउ परेका छन् । नाभाल्नी मस्को फर्कने सूचना पाएपछि उनका हजारौं समर्थकहरु मस्को विमानस्थलमा भेला भएकै बेला नाभाल्नी चढेको विमान अन्य विमानस्थलमा अवतरण गराई उनलाई नियन्त्रणमा लिइएको हो ।
नाभाल्नी सवार विमान रुसको भानुकोभ विमानस्थलमा अवतरण गर्ने तालिका रहेपनि चालकले प्राविधिक कारण भन्दै रुसको सेरेमेतिभो विमानस्थलामा अवतरण गराएका थिए ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक मानिने नाभाल्नीले आफूलाई राष्ट्रपति पुटिनको निर्देशनमा मन्द विष दिएको आरोप लगाउँदै आएका थिए । नाभाल्नी गत अगष्ट २० मा रुसको साइबेरियाबाट मस्को फर्कदै गर्दा विमानमै गम्भिर विरामी भएका थिए ।
त्यसको दुई दिनसम्म साईबेरियाकै ओम्स्क शहरमा उपचार गराएपछि जर्मनीको एउटा च्यारिटी संस्थाको सहयोग र समन्वयमा नाभाल्नीलाई कोमामा रहेकै बेला बर्लिन ल्याइएको थियो । बर्लिनस्थित चेरिते अस्पतालमा ३२ दिन उपचार गराएपछि नाभाल्नी हिजो डिस्चार्ज भएका हुन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्