
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई वटा खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा हुने पहिलो खेलमा बागमतीविरुद्ध सुदूरपश्चिम प्रदेश र मुलपानीस्थित क्रिकेट मैदानमा प्रदेश–१ विरुद्ध गण्डकी प्रदेशबीच प्रतिष्पर्धा हुने छ ।
यसअघि हिजो भएका खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश विजयी भएका थिए । मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई ८० रनले पराजित गर्दै आर्मीले लगातार दोस्रो जित निकाल्दा बागमतीले प्रतियोगितामा विजयी सुरुवात गर्यो ।
आर्मीले दिएको १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ३३ ओभर ३ बलमा अलआउट हुँदै १ सय १५ रन मात्र बनाउन सक्यो । यता कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गर्दै बागमतीले सुखद सुरुवात गरेको हो ।
पुलिसले दिएको १ सय १२ रनको सामान्य लक्ष्य बागमतीले ३४ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
प्रतिक्रिया दिनुहोस्