२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सहिदहरूको सम्झनामा प्रदेश २ भर बिदा


0
Shares

काठमाडौ । प्रदेश २ सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ । बलिदानी दिवसको अवसरमा प्रदेशभर बिदा दिइएको मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ ।

मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाइन्छ । बलिदानी दिवस सिरहाको लहानका मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सम्झनामा मनाइँदै आइएको छ ।

यस वर्ष भने प्रदेश २ का विभिन्न ठाउँमा दिवस मनाइने बताइएको छ ।