२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


व्यवसायीले बिजुलीको डिमान्ड शुल्कमा छुट पाउने


0
Shares

काठमाडौं । सरकारले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा छुट दिने भएको छ । लामो समयदेखि व्यवसायीले डिमान्ड शुल्कमा छुट दिन आग्रह गर्दै आएका थिए ।

व्यवसायीको आग्रह अनुसार नै आजदेखि शुल्कमा छुट दिन लागिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । अर्थ मन्त्रालयले विज्ञप्ति निकालेर कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगहरुको लकडाउन अवधिभरको विद्युत् डिमान्ड शुल्क छुट कार्यान्वयन हुने जनाएको हो ।

अर्थमन्त्री विष्णु पौडेलले यो निर्णय कार्यान्वयनबाट उद्योग लाभान्वित हुने र कोभिडबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानमा थप सहयोग पुग्ने बताउनुभएको छ । औद्योगिक व्यवसाय नियमावली, २०७६ मा उल्लेखित ५८ प्रकारका उद्योगलाई आधार मानेर छुट दिने तयारी छ ।

चालु आर्थिक वर्षको बजेटमा कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगलाई लकडाउन अवधिभर विद्युत डिमान्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत् खपतमा ५० प्रतिशत छुट दिने उल्लेख गरिएको थियो ।