
काठमाडौ । चिनी उद्योगीहरुले उखु किसानलाई तिर्न बाँकी बक्यौता दिलाउने भन्दै सरकारले किसानसँग गरेको सम्झौताको समय सकिएपनि उद्योगहरुले सबै रकम तिरेका छैनन् । किसानहरुले काठमाडौमा आएर पुन आन्दोलन गरेपनि सरकारले रकम भुक्तानीक लागि २१ दिने सम्झौता गरेपनि किसानले आफ्नो रकम नपाएका हुन् ।
हिजोसम्मको बक्यौता भुक्तानी विवरण अनुसार चिनी उद्योगले सबै रकम नतिरेको देखिएको हो । उद्योग मन्त्रालयको तथ्याक अनुसार उखु किसानलाई ४ करोड बढी तिर्न बाँकी छ । त्यस्तै, अन्नपूर्ण सुगर मिलले १३ करोड रुपैयाँ, लुम्बिनी सुगर मिलले ८ करोड रुपैयाँ र इन्दिरा सुगर मिलले २ करोड ७० लाख रुपैयाँ बराबरमात्रै भुक्तानी दिन बाँकी रहेको छ ।
चार वटा उद्योग हरुले करिब ५४ करोड रुपैयाँ बराबर उखु किसानको खातामा पठाएका छन् ।
प्रतिक्रिया दिनुहोस्