२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025

भृकुटीमण्डपमा जुत्ताचप्पल मेला, नेपाली उत्पादनलाई प्राथमिकता

0
Shares

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जुत्ताचप्पल मेला सुरु भएको छ । कोरोना पछि पहिलो पटक लागेको ‘फुटवेयर विजनेश एक्स्पो २०७७ मा ८ वटा ब्राण्डका नयाँ नयाँ डिजाइनका जुत्ताहरु राखिएको छ । नेपाली उत्पादन र प्रयोगलाई प्राथमिकता दिन जुक्ता चप्पल मेला सुरु गरीएको हो ।

मेलामा नेपालका प्रख्यात ब्राण्डहरुका एक हजारभन्दा बढी डिजाइनका जुत्ता चप्पल राखिएका छन् । स्वास्थ्य मापदण्ड पूरा गरी आयोजना गरिएको मेलामा मास्क लगाएर र थर्मलगनद्वारा तापक्रम नापेर सेनिटाइजर प्रयोग गरेपछि मात्र उपभोक्ताई प्रवेश गराउने व्यवस्था रहेको आयोजक सबिन कार्कीले जानकारी दिनुभयो ।

कोरोनाले तहसनहस भएको व्यवसायमा यो एक्स्पोले केही आशा जगाएको छ । स्वदेशमा बनेका जुत्ता चप्पलले नेपाली बजार धानिरहेको अवस्थामा आयोजना भएको एक्सपोले एकै छानोमुनि विभिन्न ब्राण्डका उत्पादन चयन गर्न पाउने भएका छन् ।

ग्राहक र उद्योगबीचको सिधा सम्बन्ध स्थापना गर्न तथा उनीहरुको प्रतिक्रिया लिएर थप गुणस्तरीय उत्पादनमा लाग्न पनि मेला आयोजना गरिएको आयोजकको दावी छ । भृकुटीमण्डपमा हरेक वर्ष जुत्ता चप्पल मेला लाग्ने गर्दछ ।