
काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठकलाई लक्षित गरी बैठक कक्षका सबै कुर्सी लक गरिएको छ । भोलिबाट सुरु हुने बैठक अगावै सबै कुर्सी लक गरिएको हो ।
लक गरिएको कुर्सी अब कसैले यताउता, सार्न, उठाउन नसक्ने बनाइएको हो । भोलिको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध परेको अविश्वासको प्रस्तावमा छलफल हुँदैछ । अविश्वास प्रस्तावमाथिको छलफललाई नै लक्षित गरि कुर्सी लक गरिएको संसद सचिवालयले जनाएको छ ।
सदन चलिरहेका बेला अप्रिय घटना हुन नपाओस् भनेर लक गरिएको हो । छलफलका क्रममा विवाद र अवरोध हुन सक्ने अनुमान गर्दै यसपटक प्रदेशसभा सचिवालयले विशेष तयारी गरेको हो ।
प्रतिक्रिया दिनुहोस्