
काठमाडौं । महानगरीय अपराध महाशाखाले विगत १५ वर्षदेखि फरार रहेका एक दोषीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–६ बौद्ध बस्दै आएका दोलखा साविक भिमेश्वर नगरपालिका ८ का ४१ बर्षीय दिपक श्रेष्ठ रहेका छन् ।
काठमाडौ जिल्ला अदालतले २०६३ पुष २३ गते १० वटा चोरी मुद्दामा दोषी ठहर गर्दै उनलाई ५८ वर्ष कैद सजाय को फैसला गरेको थियो । फैसला पछि झण्डै १५ वर्षदेखि फरार अभियुक्त श्रेष्ठ अहिले पक्राउ परेका हुन् ।
महाशाखाबाट खटिएको विशेष टोलीले काठमाडौंको बौद्धबाट श्रेष्ठलाई पक्राउ गरी फैसला कार्यन्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको महाशाखाका प्रमुख दीपक थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्