२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


‘नागरिक एप’मा लगइन भएन ? यसाे भन्छ गृह मन्त्रालय


0
Shares

काठमाडौं । माघ २ गतेदेखि सञ्चालनमा आएको ‘नागरिक एप’ प्रति नागरिकको आकर्षण बढ्दो छ । अहिलेसम्म ३ लाखभन्दा बढी प्रयोगकर्ताले एप डाउनलोड गरिसकेका छन् ।

विभिन्न सरकारी संस्थाहरूमा भएको विवरण आफ्नै डिभाइसमा हेर्न पाइने र सानातिना सरकारी कामकाज एपबाटै गनै सकिने भएकाले पनि एपप्रति प्रयोगकर्ताको आकर्षण बढ्दो छ । एप डाउनलोड गरे पनि प्रयोगकर्ताले एप चलाउन पाएका छैनन् ।

फोन नम्बर आफ्नो नाममा नभएर प्रयोगकर्ताले लगइन नै गर्न नपाएको गुनासो आइरहेको अवस्थामा अब भने नागरिकता नम्बर मेल नखाएर पनि एपमा लगइन भइरहेको छैन । धेरै प्रयोगकर्ताले गृहमन्त्रालयको रेकर्डमा भएको नागरिकता नम्बरसँग प्रयोगकर्तासँग भएको नागरिकता नम्बर नमिलेका कारण पनि एप चलाउन नपाएकाे गुनासाे गरेका छन् ।

प्रयोगकर्ताको गुनासाेपछि मन्त्रालयले नागरिकता सम्बन्धी सानोतिनो त्रुटी सच्याउने जानकारी गराएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी प्रेमलाल लामिछानेले नागरिकतामा भएको सानोतिनो त्रुटी सच्याउन अनलाइन प्रणालीको विकास गर्ने प्रक्रिया प्रारम्भ गरिएको जानकारी दिनुभयो । मन्त्रालयमा भएको विवरण र प्रयोगकर्तासँग भएको विवरण मेल नखाएपछि प्रयोगकर्ताहरूले एप प्रयोग गर्न समस्या भइरहेकाे छ ।