१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ल्हासामा हिमालय एयरलाइन्सकाे परीक्षण उडान सफल


0
Shares

काठमाडौं । हिमालय एयरलाइन्सले चीनको ल्हासामा परीक्षण उडान गरेको छ । मंगलबार एयरलाइन्सले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा परीक्षण उडान गरेको हो । आज बिहान सवा ७ बजेट ल्हासाका लागि जहाज उडेको कम्पनीले जनाएको छ ।

ल्हासा संसारकै सबैभन्दा उचाईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल मानिन्छ । याे ३ हजार ५ सय ७० मीटरकाे उचाइमा छ । सफल परीक्षण उडानपछि यस रुटमा नियमित उडानको योजना रहेको कम्पनीको भनाइ छ ।

बिहान त्रिभुवन विमानस्थलबाट उडेको जहाज ल्हासागोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा विहान १०ः४६ बजे (स्थानीय समय)मा अवतरण गरेको थियो । यो जहाज ल्हासाबाट स्थानीय समयअनुसार अपरान्ह ३ बजे उड्नेछ । काठमाडौंमा स्थानीय समयअनुसार २ बजे अवतरणको योजना बनाइएको छ ।

ल्हासा नै उडान गर्न कम्पनीले भित्र्याएको ए३१९–११ न्यारोबडी जहाज परीक्षण उडानमा प्रयोग गरिएको छ । यस जहाजमा १२० इकोनोमी र ८ विजिनेस क्लास सिट छन् । यो जहाज अधिकतम १४ हजार ५०० फिटसम्मको एअरोड्रम उचाई भएको ट्रान्स हिमालयन मार्गमा सञ्चालन गर्न सक्ने क्षमताको हो ।