
एजेन्सी । थाइल्यान्डमा राजतन्त्रको अपमान गरेको अभियोगमा एक महिलालाई ४३ वर्षको जेल सजाय सुनाइएको छ । बैंकक क्रिमिनल कोर्टले ती महिलालाई राजतन्त्रको अपमान गरेको भन्दै जेल सजाय सुनाएको हो ।
अदालतले ती महिलाले सामाजिक सञ्जाल फेसबुक तथा युट्यूबमा राजतन्त्र विरोधी अभिव्यक्ति दिएकी थिइन् । राजतन्त्रविरुद्ध कानुन उल्लंघन गरेको अभियोगमा दिइएको यो सजाय अहिलेसम्मकै कडा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्