
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद छोडनु अघि ह्वाइट हाउसबाट बिदाई सम्बोधन गर्नु भएको छ । आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति ट्रम्पले बिदाइ सम्बोधन गरेका हुन् । पछिल्लो समय व्यक्तिगत सामाजिक सञ्जाल प्रयोग गर्न नपाएका ट्रम्पले २० मिनेट लामो भिडिओ सम्बोधनमा आफ्नो प्रशासनको बचाउ गर्नु भएको छ ।
अमेरिका सबै राष्ट्रका लागि आशा, प्रकाश तथा गौरवको भूमि रहेको र रहनुपर्ने तर्क गरे । नयाँ प्रशासनले अमेरिकालाई सुरक्षित र सम्पन्न तुल्याइ राख्न सफल होस भन्ने कामना ट्रम्पले गर्नुभएको छ । राष्ट्रपति चुनावमा धाधली भएको आरोप लगाउँदै आएका ट्रम्पले नयाँ राष्ट्रपति जो बाइडेनका बारेमा थप केही बाल्ुभएन र उहाँँले बाइडेनको जितलाई स्विकार पनि गर्नुभएन् ।
ट्रम्पले आफ्नो प्रशाशन अमेरिकामा जे गर्न भनेर आएको हो त्यो काम गर्न सफल भएको र काम गर्न अझ धेरै बाँकी रहेको बताउनुभयो । अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेनले आजबाट राष्ट्रपतिको जिम्मेवारी लिदैछन् । राष्ट्रपतिको शपथ ग्रहणलाई मध्यनजर गर्दै अमेरिकामा सुरक्षा ब्यवस्था निकै कडा पारिएको छ । शपथ समारोहमा सिमित मानिसलाई मात्र प्रवेश दिइनेछ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्