 
	    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं र नेपालगञ्जमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणले काठमाडौं र नेपालगञ्जमा ७ देखि ३० घण्टासम्म विद्युत आपुर्ति बन्द गर्ने जनाएको छ ।
प्राधिकरणका अनुसार काठमाडौंको महाराजगञ्ज वितरण केन्द्रको बूढानीलकण्ठ सवस्टेशनबाट विद्युत आपूर्ति हुने स्थानमा विद्युत काटिने छ । चुनिखेल फिडर अन्तर्गत वितरण गरिएको भंगाल, गाम्चा, सापाटार, टुपेक, वडा कार्यालय ११, कौडोल, सुन्दरबस्ति, बासबारीमा विद्युत आपुर्ति बन्द हुने भएको छ ।
आवश्यक मर्मतका लागि भन्दै प्राधिकरणले बिहान १० बजेदेखि ५ बजेसम्म ७ घण्टा विद्युत आपुर्ति बन्द गर्न लागेको हो । यसैगरी प्राधिकरणले नेपालगञ्ज विरतण केन्द्रको खजुरा फिडर अन्तर्गत खजुरा गाउँपालिका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।
खजुरा गाउँपालिकामा सडकमा रहेको विद्युतको पोल सार्ने काम गर्नुपर्ने भएकाले बिहीबार बिहान ११ बजेदेखि शुक्रबार साँझ ५ बजेसम्म विद्युत बन्द हुने छ । सो क्षेत्रमा ३० घण्टासम्म विद्युत बन्द हुने जनाइएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            


 
                
प्रतिक्रिया दिनुहोस्