२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

भुलेर पनि तुलसीलाई दक्षिण दिशामा नलगाउनु


0
Shares

काठमाडौं । हरेक व्यक्तिको घर परिवारमा शान्ति र सम्पन्नताकालागि लक्ष्मीको खुशी राख्न अति नै आवश्यक छ । वास्तुशास्त्रका अनुसार केही खाश कुराहरुमा ध्यान दिन सके लक्ष्मीको आशिर्वाद सदैव रहिरहन्छ ।

वास्तुशास्त्रका अनुसार घरको ढोका कहिल्यै खट्खटाउनु हुँदैन् । बरु घण्टी वा आवाज दिएर घर मालिकलाई बोलाउनुपर्छ । गेट खट्खटाउँदा वास्तु दोष बढ्छ र त्यहाँ धेरैबेर लक्ष्मी टिक्दिनन् ।

वास्तुका अनुसार सबैका प्रिय गणेशको बिहानै आराधना गर्नुपर्दछ । यदि घरको सबैभन्दा ठूलो व्यक्ति बिहानै उठेर गणेशका ध्यान वा पूजा आराधना गर्छन् भने वास्तु दोष हटेर जानेछ ।

वास्तुका अनुसार तुलसीको बोट कहिल्यै घरको दक्षिणमा लगाउनुहुन्न । यसले जीवनमा अशुभ आउँदछ । तसर्थ तुलसीको बोट सधैं उतर या पूर्वमा लगाउनुपर्दछ ।

गन्हाउने र फोहोरी कपडा पहिरनाले पनि वास्तुमा दोष हुन्छ । तसर्थ दुई दिन लगाएका कपडाहरु तेस्रो दिन नलगाउनु नै उचित हुन्छ ।

घरको सरसफाइ रातिको समयमा गर्नपनि वास्तुका लागि शुभ मानिदैन । भनिन्छ साँझ जहाँ फोहोर एकत्रित हुन्छ त्यहाँ लक्ष्मीको कृपा हुन्छ ।