
काठमाडौं । प्रदेश १ र बागमती प्रदेश नेकपा संसदीय दल भित्रको विवाद उत्कर्षमा रहेको बेला बस्न लागेको प्रदेशसभा बैठक मुठभेडतर्फ जाने सम्भावना बढेको छ । नेकपाका एकले अर्को समूहलाई कारबाही गरेको बताउँदै आएको समयमा बस्न लागेको प्रदेशसभा बैठकमा ओली पक्षद्वारा सांसदलाई प्रदेशसभामा रोक्ने तयारी रहेको छ ।
प्रचण्ड–माधव समूहको प्रदेशसभामा प्रवेशमा अबरोध भए प्रतिवाद गर्ने रणनीति बनाएका छन । यतिसम्म कि दुबै पक्ष एक–अर्काप्रति आक्रामक देखिएपछि प्रदेश सभा बैठक मुडभेठतर्फ जाने संकेत देखिएको छ । नेकपाको दुबै समूह एक अर्को प्रति आक्रमक देखिएपछि प्रदेश सभा बैठकमा हुनसक्ने सम्भावित मुडभेठलाई ध्यानमा राखेर मर्यादापालकको संख्या थपेको छ ।
प्रतिक्रिया दिनुहोस्