Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


थप गरिएको समयमा पनि एकीकृत जाँच चौकीको आधा काम सकिएन


0
Shares

रसुवा । थप गरेको समयमा पनि रसुवागढी नाकामा निर्माण भइरहेको एकीकृत जाँच चौकी भवनको कामले गति लिन सकेको छैन् । निर्माण सुरु भएको २२ महिनामा करिब ४५ प्रतिशत मात्र काम सकिएको छ ।

निर्धारित समयमा निर्माण सम्पन्न नभएपछि थप गरिएको नौँ महिनामा पनि निर्माणको आधा काम पनि नसकिएको हो । कानुनी प्रक्रिया, ट्रान्सफर्मरको व्यवस्थापनमा ढिलाई, निर्माण सामग्रीको अभाव, कामदारको अभाव, नाकामा डाइभर्सन पुल निर्माण लगायतका कारण कामले गति लिन नसकेको सघन सहरी तथा भवन निमार्ण आयोजनाका प्रमुख कृष्ण कुमार मर्हजनले जानकारी दिनुभयो ।

उहाँले पछिल्लो समय सन्तोषजनक भएकाले अहिले १८ महिना निमार्णको समयावधि थप्ने प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । निर्माणको काम ठेकेदार कम्पनी श्यामसुन्दर रबिना जेभी कन्ट्रक्सनले गरिरहेको छ । भवन निर्माणका लागि करिब ६२ करोड खर्च हुने अनुमान गरिएको छ ।