१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बुधबार पनि बढ्यो सुनचाँदी मूल्य


0
Shares

काठमाडौं । कारोबार हुने साताको तेस्रो दिन बढेको सुनचाँदीको मूल्य चौथो दिन पनि बढेको छ । बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्दा चाँदीमा १५ रुपैयाँको बढोत्तरी आएको हो ।

बुधबार छापावाल सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ कायम हुँदा तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य तोलाको १ हजार २ सय ६० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार पनि सुनमा ४ सय रुपैयाँ र चाँदीमा १५ रुपैयाँ बढेको थियो । सो दिन छापावाल सुन तोलाको ९२ हजार, तेजाबी सुन ९१ हजार ५ सय र चाँदी १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।