१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पिएम कप क्रिकेट : नेपाल पुलिस क्लबलाई १ सय ११ रनको लक्ष्य


0
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशले जारी प्रधानमन्त्री(पिएम) कप पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई एक सय ११ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३३ ओभर १ बलमा अलआउट हुँदै जम्मा १ सय १० रन मात्रै बनाउन सक्यो ।

सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ४० रन बनाए । सन्जु धामी ३५, अरुण ऐर १३ र अर्जुज साउदले १० बनाउँदा अरु कसैले पनि दोहोरो अंकको रन जोड्न सकेनन् ।

पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान चार–चार विकेट लिए । एक सय ११ रनको लक्ष्य पाएको पुलिसले अहिले ब्याटिङ गरिरहेको छ ।

प्रतियोगिताको समूह बी मा रहेका दुवै टिम पहिलो खेलमा पराजित भएपछि पहिलो जीतको खोजीमा छन् ।