२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025

सम्बन्धमा फेरि ‘रोमान्स’ चाहनुहुन्छ ? यस्तो गर्नुहोस्


0
Shares

काठमाडौं । मानिसको जीवनको मध्यकालमा रोमान्स कम हुँदै जान्छ । धेरै दम्पतीहरु यो सोच्छन् कि उनीहरुले मायाले कुराकानी कहिले गरेका थिए ? सायद महिनौ भयो मायाले कुराकानी नगरेको । त्यसको असर विस्तारै सम्बन्धमा समेत तिक्तता देखापर्दछ ।

सम्बन्धमा माधुर्यता कम हुँदै जादाँ पति पत्नी दुवैलाई तनाव हुन्छ । जसका कारण धेरैजना डिप्रेसनमा समेत जान सक्छन् । तर, आफ्नो जीवनमा सधै खुशी र मायाले भरिराख्न तपाइले पनि आफ्नो पार्टनरका लागि धेरै कुरा गर्न सक्नुहुन्छ । कहिलेकाँही सानो-सानो कुराले पनि हामीलाई खुशी दिइरहेको हुन्छ । यदि तपाई आफ्नो वैवाहिक जीवन सुन्दर र मायाले भर्न चाहनुहुन्छ भने यी टिप्सको प्रयोग गर्न सक्नुहुन्छ ।

वैवाहिक जीवनमा एकअर्का बीच दुरी बढ्न थाले सम्झनुपर्छ एक दुईको साथ र सम्बन्ध लामो समयसम्म जाँदैन । सम्बन्धमा पुन माया र रोमान्स भर्नका लागि आफ्नो पार्टनरसँग मनभरि मायाका कुरा गर्नुपर्दछ । जहाँ मायाले सन्तुष्टि दिन्छ त्यही तपाइको पार्टनर नजिक हुन्छ ।

विवाहपश्चात रोमान्टिक मुड बनाइराख्न पति पत्नीले एकअर्कालाई सधैं विनम्रता पूर्वक व्यवहार गर्नुपर्दछ । पतिका हर इच्छा र चाहना पुरा गर्न पत्नी सधै तयार रहिरहनुपर्दछ । पति वा पत्नीले आफ्नो पार्टनरका लागि कुनै राम्रो काम गर्छ भने धन्यवाद दिन भुल्नुहुन्न ।

सम्बन्धलाई अझ बलियो बनाउन यस रोमान्टिक मौसममा कतै घुम्न जाने योजना बनाउनु सकिन्छ । सम्बन्धलाई सधै मजबुद बनाइराख्ने जिम्मेवारी तपाइको पनि हो । यस्तोमा एकअर्काको साथ समय बिताउनका लागि डिनर खाने योजना बनाउन पनि उचित हुन्छ ।

मौका मिलेमा टिभि हेर्ने समय, कारमा यात्रा गर्ने समय एक एर्काको हात समाउन भुल्नुहुदैंन । पार्टनरको यो स्पर्शले ती दिनको याद दिलाउँछ जुन दिन हातको स्पर्श गर्नासाथ तपाइहरुको मुटु धड्किन्थ्यो ।

रोमान्सले आत्मसम्मान समेत बढाउँछ । यदि आफ्नो पार्टनर अफिसको कामको बोझले थाकेर आएको छ भने उक्त तनावलाई सेक्सको माध्यमबाट पनि कम गर्न सकिन्छ ।

मायाले तपाईलाई तपाईको पार्टनरको नजिक त ल्याउँछ नै तपाईको तनावसमेत कम गराउँछ । हप्तामा दुई देखि तीन दिन रोमान्स गर्नाले ब्लड प्रेसरसमेत स्थिर हुन्छ । जसका कारण तनाव कम हुन्छ र तपाइलाई धेरै खुशी मिल्छ ।