
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ ले त्रिुभवन आर्मी क्लबलाई सामान्य लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश १ ले ४०.१ ओभरमा अल आउट भएर १ सय ३१ रन बनाउँदा त्रिभुवन आर्मी क्लबलाई १ सय ३२ रनको सामान्य लक्ष्य पाएको हो ।
प्रदेश १ का लागि विवेक मेहताले अर्धशतकीय पारी खेले । उनले ८३ बलमा ५० रन जोडे । फिरदोस अन्सारी ३२, दीपक पासवान १९ र दिपेश कँडेलले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
बलिङतर्फ आर्मीका शाहब आलमले चार, आकाश चन्दले ३ तथा सुसन भारी, भीम सार्की र राजेश पुलामीले समान एक–एक विकेट लिए ।
त्रिभुवन आर्मी क्लब अहिले जवाफी ब्याटिङ गरिरहेको छ । पहिला खेलेको दुवै खेलमा जित निकालेको आर्मी समूह ‘ए’ काे अंकतालिकाको शीर्षस्थानमा छ भने दुवै खेलमा हार बेहोरेको प्रदेश १ समूहको अन्तिम स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्