८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बस र मोटरसाइकल ठोकिँक्दा एकजनाको मृत्यु, दुई घाइते


0
Shares

नवराज छत्कुली (इमेज) 

धादिङ, साउन ६ । धादिङको कालुपाण्डेमार्गअन्तर्गत् सिद्धलेक गाउँपालिका वडा नम्बर–६, परेवाटारमा आइतबार बस र मोटरसाइकल एकापसमा ठोकिँक्दा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । अरु दुईजना घाइते भएको छन् ।

धादिङबाट काठमाडौं जाँदै गरेको बा९२प ८११० नम्बरको मोटरसाइकल र मलेखुबाट धादिङबेसीतर्फ आउँदै गरेको बा२क ८९९६ नम्बरको बस एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका अन्दाजी २५ वर्षीय सुजत भण्डारीको उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

घाइते ज्वालामुखी गाउँपालिका वडा नम्बर–४ का अन्दाजी २६ वर्षीय अर्जुन पोखरेल र ८ वर्षीय अभिषेक भण्डारीलाई गजुरी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

घाइते अभिषेक भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।