१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पिएम कप क्रिकेट : आर्मीको लगातार तेस्रो जित, प्रदेश १ चार विकेटले पराजित


0
Shares

काठमाडौं । प्रदेश १ लाई चार विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । प्रदेश १ ले दिएको १ सय ३२ रनको लक्ष्य आर्मीले २९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

आर्मीको जितका लागि युवा खेलाडी रोहित पौडेलले सर्वाधिक ३६ रन बनाए । भीम सार्की २९ र लोकेस बलले १३ रन बनाउँदा राजेश पुलामीले अविजित २४ रन जोडे ।

बलिङतर्फ प्रदेश १ का फिरदोष अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कँडेल र शुभान्कर उराउले एक–एक विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश १ ले ४०.१ ओभरमा १ सय ३१ रन बनायो । उसका लागि विवेक मेहताले अर्धशतकीय पारी खेले । उनले ८३ बलमा ५० रन जोडे । फिरदोस अन्सारी ३२, दीपक पासवान १९ र दिपेश कँडेलले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

बलिङतर्फ आर्मीका शाहब आलमले चार, आकाश चन्दले ३ तथा सुसन भारी, भीम सार्की र राजेश पुलामीले समान एक–एक विकेट लिए ।

जितसँगै त्रिभुवन आर्मी क्लब दुई खेलबाट चार अंक जोडेर समूह ‘ए’को शीर्षस्थानमा छ । प्रदेश १ भने दुई खेलम दुईमै हार बेहोर्दै अंकतालिकाको पुच्छारमा छ ।