१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आधा किलो लागुऔषध सहित ९ जना पक्राउ


0
Shares

काठमाडौंं । लागुऔषध नियन्त्रण ब्यूरोले आधा किलो हेरोइनसहित काठमाडौंबाट ९ जनालाई पक्राउ गरेको छ । ब्यूरोले ५ सय २१ ग्राम लागुऔषध सेतो तथा खैरो हेरोइन, ६ लाख ७१ हजार ५ सय नेपाली रुपैया र ६१ सय अमेरिकी डलरसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सन्दिप राई, दीपक राई, केसाङ्ग योल्म्हु, टासी सन्डुप गुरुङ्ग, भीमप्रसाद लोवा रहेका छन् । यस्तै सन्तोष सापकोटा, राजेश श्रेष्ठ, सोनाम कागतेलाई प्रहरीले पक्राउ गरेको छ ।

गत पुस २७ गते काठमाडौंको तारकेश्वरबाट सन्दिप राईलाइ पक्राउ गरि अनुसन्धान गर्दै जाँदा बाँकी कारोबारीहरु पक्राउ परेका हुन् । प्रहरीले गिरोहबाट अहिले सम्मकै ठूलो परिमाणको लागू औषध बरामद गर्न सफल भएको लागू औषध नियन्त्रण ब्यूरोका प्रमुख दिलीप चौधरीले बताउनु भयो । पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।