१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संयुक्त जनआन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्छ– नेता श्रेष्ठ


0
Shares

कपिलवस्तु । जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्रप्रसाद श्रेष्ठले प्रतिनिधिसभा विघटनलाई प्रतिगामी बताउँदै संयुक्त जनआन्दोलन गर्नुपर्ने बताउनुभएको छ ।

जनता समाजवादी पार्टी कपिलवस्तुले जितपुरमा गरेको विरोध ¥याली तथा सभालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सम्पूर्ण शक्तिहरु एकजुट भएर आन्दोलनमा जानुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभा विघटनजस्तो प्रतिगामी कदमविरुद्ध सम्पूर्ण अग्रगामी परिवर्तनका पक्षधर शक्ति मिलेर पुनः एकपटक संयुक्त जनआन्दोलनको आँधिबेरी सिर्जना गर्नुपर्ने उहाँको भनाइ छ ।