
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सत्तारुढ नेकपा विभाजनको टुङ्गो नलाग्दासम्म सरकार गठनको जोडघटाउमा नलाग्ने बताउनुभएको छ ।
बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेता पोखरेलले नेकपा विभाजन भए कांग्रेसले सरकारको नेतृत्व गर्न सक्ने संकेत गर्नुभयो । नेकपाको औपचारिक फुटपछि मात्रै कांग्रेसले निर्णय लिने उहाँको भनाइ थियो ।
कांग्रेस नेता पोखरेलले पार्टी नफुटेसम्म सरकारको जोडघटाउनमा लाग्नुको कुनै तुक नभएको तर्क गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्