१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशमा राजतन्त्रको चर्चा : ओलीसँग पूर्व दरबारियाहरूको सहकार्य !


0
Shares

खिलनाथ ताजपुरिया (इमेज)
काठमाडौं । हठात् प्रतिनिधि सभा विघटनसँगै देशमा राजतन्त्रको चर्चा चुलिएको छ । दुई किनारामा उभिएका नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूनै पूर्व दरबारको चर्चामा समय खर्चिन थालेका छन् ।

नेकपाको दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजसंस्था पुनःस्थापनाका लागि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको अरोप लगाएपछि इतिहासको पानामा थन्किएको राजतन्त्र र दरबारको चर्चा चुलिएको हो ।

राजसंस्था पुनःस्थापना र प्रधानमन्त्री ओलीले पूर्व दरबारसँग सहकार्यकै लागि प्रतिनिधिसभा विघटन गराएको आरोप लाग्दै गर्दा सर्वसाधारणको मनमा पनि यस किसिको भावनाले ठाउँ लिनु स्वभाविकै हो । ओलीले राजाको समर्थमा मुख खोलेरै नबोले पनि पूर्व दरबारिया पृष्ठभूमिका राजनीतिज्ञ तथा विश्लेषकहरू भने राजनीतिमा केही पनि असम्भव नरहेको बताउँछन् ।

उनीहरूले अहिलेको व्यवस्था असफल भएको डंका पिटन थालेका छन् । पूर्व पञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देल राजसंस्था फर्काउने गरी राजनीतिक सहकार्य हुन सक्ने बताउनुहुन्छ । उसो त पूर्व राजावादीहरूले राजा आउ देश बचाउ भनेर बारम्बार सडकमा नारा लगाइरहेका छन् । विश्लेषक बालकृष्ण न्यौपानेले प्रधानमन्त्री ओलीसँग पूर्व दरवाारियाहरूको सहकार्य हुनसक्ने बताउनुभयो ।

पूर्वपञ्चहरू स्वभाविक रूपमै राजतन्त्र पुनःस्थापनाको पक्षधर हुन् । उनीहरूले सार्वजनिक रूपमै यो मुद्दाको वकालत गर्दै आएका छन् । तर, राजतन्त्रलाई इतिहासको पानामा सीमित गर्ने आन्दोलनका सहयात्रीहरूले नै एकले अर्कोलाई पूर्व दरबारियासँग साँठगाँठ बढाएको ठान्नुले देशको राजनीति कुन दिशामा जाने हो यसै भन्न सकिने अवस्था छैन ।

भिडियो हेर्नुहोस्

भिडियो : राममान डंगोल र सुरेन्द्र भण्डारी