साफ यु–१५ फुटबलमा नेपालको पहिलो जित

news

काठमाडौं, भदौ ६ । नेपालले पाँचौं संस्करणको १५ वर्षमुनिको पुरुष फुटबल च्याम्पियनसिपमा पहिलो जित हासिल गरेको छ ।

भारतको कल्याणीमा शुक्रबार भएको खेलमा श्रीलंकालाई २–० ले पराजित गर्दै नेपालले पहिलो जित हासिल गरेको हो ।

नेपालको जितमा शशांक बोहोरा र अशिम राईले एक/एक गोल गरे ।

पहिलो खेलमा भारतसित ५–० ले हारेको नेपालले दुई खेलबाट ३ अंक जोडेको छ ।

श्रीलंकाले पहिलो खेलमा भुटानलाई ३–२ ले हराएको थियो ।

जितसँगै नेपालको फाइनल खेल्ने सम्भावना कायमै रहेको छ ।

नेपालसहित भारत, श्रीलंका, साविक विजेता बंगलादेश र भुटानबीच ‘राउन्ड रोबिन लिग’का आधारमा जारी प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि फाइनल खेल्नेछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...