सरकार साम्यवादी व्यवस्था ल्याउने षडयन्त्रमा : देउवा

news

सुर्खेत, भदौ ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युुनिस्ट सरकार देशमा साम्यवादी व्यवस्था ल्याउने षडयन्त्रमा लागेको आरोप लगाएका छन् ।

शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रमको समापन गर्दै उनले सर्वसत्तावादी कम्युनिस्टलाई सिध्याउन नेपाली कांग्रेस एक हुनुुपर्नेमा जोड दिए ।

निरंकुुश राणाशासन, पञ्चायत र राजा फालेको नेपाली कांग्रेसका अगाडि लोकतन्त्रलाई सिध्याउन ओली सरकार लागिपरेकोे उनको भनाइ थियो ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले लोकतन्त्रमा एकदलीय शासन व्यवस्थाको झल्को दिनेगरी जनताको अधिकारलाईसमेत खोसेको भन्दै उनले सरकारले सिंगापुुरबाट सरकार चलाउन खोजेको आरोप लगाए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...