२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


कोपा डेल रेः रियाल मड्रिड अन्तिम ३२ बाटै बाहिरियो


0
Shares

काठमाडौं । उपाधि दावेदार रियाल मड्रिड ‘स्पेनिस कोपा डेल रे’ फुटबल प्रतियोगिताको अन्तिम ३२ बाटै बाहिरिएको छ । गएराति भएको खेलमा रियाल मड्रिडलाई तेस्रो डिभिजनको क्लब एल्कोयानोले २–१ ले पराजित गर्‍यो ।

खेलको ४५ औं मिनेटमा इडर मिलिताओले गोल गर्दै रियाल मड्रिडलाई अग्रता दिए । ८० औँ मिनेटमा एल्कोयानोका होजे सोल्बेसले एक गोल फर्काएपछि निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा पुग्यो ।

त्यसपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको २० औं मिनेटमा रियालका रामोन लोपेज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० खेलाडीमा सीमित भयो ।

यही अवसरको फाइदा उठाउँदै हुँवानान कासानोभाले एक गोल गरेपछि रियाल विरुद्धको खेल एल्कोयानोले २–१ ले जित्यो । स्पेनिस कोपा डेल रे अर्थात किङ्स कप फुटबलकै अर्को खेलमा रियाल सोसीडाडले कोर्डोबालाई २–० ले हराएको छ । एजेन्सी