
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिनुभएको छ । भण्डारीले बधाई सन्देश दिँदै बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको प्रशंशा पनि गर्नुभयो । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई सन्देश पठाउनुभएको छ ।
बाइडेनको नेतृत्वमा अमेरिकाले प्रगति र समृद्धि हासिल गर्ने कार्यलाई जारी राख्ने ओलीले विश्वास व्यक्त गर्नुभएको छ । अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित बाइडेनले गएराति पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्