
काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–४ मा आज बिहान यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशको राजधानी दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस आज बहिान ४ बजे दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
दुर्घटनामा दुई जना महिलाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी एवम् प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयो । बाक्लो हुस्सु र अत्यधिक गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्