६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


पहिली गर्लफ्रेन्डले अक्षयलाई यो कारण रिजेक्ट गरेकी थिइन्


0
Shares

काठमाडौं । भारतीय अभिनेता अक्षय कुमारलाई उनकी पहिली गर्लफ्रेन्डले रिजेक्ट गरेकी थिइन् । एक टेलिभिजन सोमा अक्षयले यो खुलाशा गरेका हुन् ।

उनले त्यतिबेला आफू बहुतै लजालु भएका कारण गर्लफ्रेन्डले समेत छाडेर गएको बताएका छन् । अहिले अभिनेत्री ट्विंकल खन्नाका साथ विवाहको २० औं वर्षगाँठ बनाइरहेका अक्षयले आफ्नो पहिली गर्लफ्रेन्ड र डेटका बारेमा भनेका थिए ।

अक्षयले आफ्नी गर्लफ्रेन्डसँग चार पटक डेट गरे । डेटमा उनीहरु सिनेमा हेर्न र होटलमा खाजा खान गएका थिए । यो देखेर केटीले अक्षयलाई छाडेकी थिइन् ।

अक्षय भन्छन्, ‘म बहुत लजालु थिए, मैले कहिल्यै केटीको काँधमा हात राखिन, उनको हात समातिन र किस पनि गरिन सायद उनी किस गरोस् भन्ने चाहन्थिन ।’ यही कारण उनी मलाई छाडेर गइन् अक्षयले भने ।एजेन्सी