
काठमाडौं । इटालियन सुपर कप फुटबलको उपाधि युभेन्ट्सले जितेको छ । गएराति भएको फाइनलमा नापोलीलाई २–० गोल अन्तरले हराउँदै युभेन्ट्सले उपाधि जितेको हो ।
युभेन्ट्सलाई उपाधि दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरे । योसँगै युभेन्ट्सले नवौं पटक सुपर कप फुटबलको उपाधि जितेको छ ।एजेन्सी
प्रतिक्रिया दिनुहोस्