
काठमाडौं । पछिल्लो तीन दिनदेखि लगातार बढिरहेको सुनचाँदीको मूल्य बिहीबार पनि बढेको छ । बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्दा चाँदीमा १५ रुपैयाँले बढोत्तरी आएको छ ।
बिहीबार छापावाल सुन ९३ हजार १ सय रुपैयाँमा कारोबार हुँदा तेजाबी सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार चाँदीको मूल्य तोलाको १ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुन तोलाको ९२ हजार ५ सय, तेजाबी सुन ९२ हजार र चाँदी १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो । यो साता आइतबार र सोमबार घटेको सुनको मूल्य मंगलबार देखि लगातार बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्