१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विद्यालयलाई क्वारेन्टिन बनाउँदा करोडौंको क्षति


0
Shares

डडेल्धुरा । कोरोना संक्रमण नियन्त्रणका लागि क्वारेन्टिन बनाइएका डडेल्धुराका विद्यालयहरूमा करोडौको भौतिक क्षति भएको पाइएको छ । रोजगार गुमाएर भारतबाट घर फर्केकाहरूलाई कोरोना संक्रमण व्यवस्थापनका लागि जिल्लाका क्याम्पस तथा विद्यालयहरूलाई क्वारेन्टिन केन्द्र बनाएर राखिएको थियो ।

यस क्रममा क्वारेन्टिनमा बस्नेहरूले फर्निचर तोडफोड, आगजनी, ईमेल, इन्टरनेट तारको दुरुपयोग गर्दा जिल्लाका २ सय ७८ विद्यालयहरुमा करिब एक करोड ५६ लाख बराबरको क्षति भएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय डडेल्धुराले जनाएको छ ।

भारतबाट आएका स्थानीयलाई गाउँपालिकाको सक्रियतामा उद्धार गरी स्थानीय स्तरकै सामुदायिक विद्यालयको क्वारेन्टिनमा राखिए पनि उनीहरू अनुशासनमा नबस्दा यस्तो अवस्था आएको हो । अस्थायी क्वारेन्टिन तथा आइसोलेसन बनाइएका १ सय ३५ विद्यालय संक्रमणमुक्त गर्न निर्मलीकरणको जिम्मासमेत विद्यालयले लिनु परेको जनाइएको छ ।