१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पिएम कप क्रिकेट– पीएफद्वार गण्डकी ६ विकेटले पराजित, आशिफको अर्धशतकीय पारी


0
Shares

काठमाडौं । गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गदै विभागीय टोली सशस्त्र प्रहरीले बल (एपीएफ)ले काठमाडौंमा जारी प्रधानमन्त्री(पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोश्रो जित निकालेको छ ।

गण्डकीले दिएको १ सय ७ रनको लक्ष्य एपीएफले १८.३ (१ सय ९५ बल बाँकी छँदै) ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । उसका लागि आशिफ शाहले अर्धशतकीय पारी खेले । उनले ५६ बलको सामना गर्दै ५ चौका र ६ छक्काले मद्दतले ६८ रन बनाए । यस्तै सुमन महर्जनले १८ रन जोडे ।

बलिङतर्फ गण्डकी प्रदेशका चन्द्र पौडेल र विशाल पौडेलले समान दुई–दुई विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा तानिएको गण्डकी प्रदेशले ४६ ओभरमा सबै विकेट गुमाएर १ सय ६ रन जोडेको थियो । उसका लागि समीर कँडेलले सर्वाधिक ३६ रन बनाए भने दीपेश खत्री र विष्णु पाण्डेले समान १५–१५ रन जोडे । दिनेश बुढामगरले १२ रन बनाए ।

गण्डकीलाई सस्तैमा समेट्न सशस्त्रका किशोर महतो एक्लैले ४ विकेट लिए । कमल ऐरीले ३ तथा अभिनास बोहोरा र भुवन कार्कीले समान २–२ विकेट लिए ।

जितसँगै सशस्त्र प्रहरी बल समूह ‘ए’ मा दुई खेलबाट चार अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ । सशस्त्रले अर्को खेल शनिबार कर्णाली प्रदेशसँग खेल्दैछ ।