१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


इराकमा आत्मघाती बिस्फोटमा परी २८ जनाको मृत्यु, ७३ जना घाइते


0
Shares

एजेन्सी । इराकको राजधानी बग्दादमा भएको आत्मघाती बम बिस्फोटमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ ।

बग्दादको बजार क्षेत्रमा गरिएको आक्रमणमा ७३ जना घाइते भएको त्यहाँको इराकी सेनालाई उद्धृत गर्दै अल अरेबियाले जनाएको छ ।

आक्रमणको अहिलेसम्म जिम्मेवारी लिएको छैन । इराकको राजनधानी बग्दादमा २०१७ पछि आत्मघाती बम आक्रमण भएको थिएन । मृतकको पहिचान र घाइतको उद्दार कार्य जारी रहेको समाचारमा उल्लेख छ ।

इराकी सेनाका अनुसार बिस्फोट गराउने दुई जना युवक थिए । उनीहरुले धेरै भीड भएको बजारको मध्य भागमा गएर बिस्फोट गराएका थिए ।

इराकको एक आन्तरिक मन्त्रालयका प्रवक्ताले भने मृतकको संख्या १३ जना रहेको पुष्टि गरेका छन् । यद्यपि उनले आफूलाई पूर्ण जानकारी नआइसकेको बताउँदै मृतकको संख्या बढ्नसक्ने अनुमान गरेको छ ।