१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पाँच प्रजातीका नयाँ चरा भेटिए


0
Shares

नवलपुर, माघ ८ । नवलपुरका सिमसार क्षेत्रमा गरिएको चरागणनामा यो वर्ष पाँच प्रजातीका नयाँ चरा देखा परेको भेटिएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज तथा जिल्लाको मध्यवर्ती क्षेत्रअन्तर्गत नारायणी नदी आसपास क्षेत्रमा गरिएको चरा गणनामा यस वर्ष लालठुडेँ हाँस, पानी चाह, चित्राङग, कैलो टाउके हाँस र माल चरी गरी पाँच प्रजातिका नयाँ चरा देखा परेको हो ।

केही दिनअघि गरिएको चरा गणनाको क्रममा नयाँ प्रजातिका चराहरु भेटिएको पंक्षी गणना संयोजक डिबि चौधरीले जानकारी दिनुभयो ।

यो वर्ष नवलपुर क्षेत्रमा ४६ प्रजातीका चरा देखा परेको पश्चिम सेक्टर पंक्षी गणना संयोजक चौधरीले जानकारी दिनुभयो ।

गणनाको क्रममा यो वर्ष जलेवा चराको सख्यामा वृद्धि भएको जनाइएको छ ।

जलेवा चरा २ हजार ८ सय १७ भेटिएका छन् ।

संख्या वृद्धि हुने चरामा पानी गौँथली र नेपाली हरिहाँस समेत रहेका छन ।

चखेवाको संख्या यो वर्ष घटेको छ ।

गतवर्ष ६ हजार ३ सय १२ रहेको चखेवा यस वर्ष पाँच हजार ५ सय ७६ वटा देखा परे ।

गैंडाकोट सिख्रौलीदेखि त्रिवेणीसम्म चरा रहेका क्षेत्रलाई ३ भागमा बाँडेर गणना गरिएको थियो ।