
काठमाडौं । लुइस सुआरेजको दुई गोल सहयोगमा एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा एइवरमाथि २–१ को जित निकालेको छ । गएराति भएको खेलमा घरेलु टोली एइवरका मार्को डिमिट्रोभिक बनाएको सुरुवाती अग्रता टिक्न सकेन् ।
४० औं मिनेटमा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काए । ८९औं मिनेटमा सुआरेजले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई महत्वपुर्ण ३ अंक दिलाए । यो जितसँगै एट्लेटिकोले शीर्षस्थानमा ७ अंकको अग्रता कायम गरेको छ ।
एक खेल कम खेलेको एट्लेटिकोको १७ खेलबाट ४४ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको १८ खेलबाट ३७ अंक रहेको छ । पराजित एइवर १९ अंकसहित १५औं स्थानमा छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्