१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


भारतको कर्नाटकमा जिलेटिन बोकेको ट्रक विष्फोट, ८ जनाको मृत्यु


0
Shares

काठमाडौं । भारतको कर्नाटक राज्यमा जिलेटिन लोड गरिएको ट्रक विष्फोट हुँदा ८ जनाको मृत्यु भएको छ । मजदुरहरुसमेत सवार सो ट्रक कर्नाटकको शिवमोगा जिल्लामा गएराति विष्फोट भएको हो ।

विष्फोटपछि फैलिएको गन्ध र अँध्यारो भएका कारण उद्धारको काम प्रभावकारी हुन नसकेको बीबीसीले जनाएको छ । सो स्थानमा विष्फोटक पदार्थहरु भएको हुनसक्ने आशंकामा बम डिस्पोजल टोली झिकाएको छ र प्रहरीले घटनास्थल वरपरको क्षेत्र नियन्त्रणमा लिएको छ ।

स्थानीयले विष्फोटको समयमा भूकम्प गएजस्तो महसुस भएको बताएका छन । धेरैजसो घरका झ्याल र ढोकाका सिसा फुटेका छन । विष्फोटको आवाज छिमेकी जिल्लाहरुमा समेत सुनिएको थियो । एजेन्सी