२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बागमती प्रदेशसभा बस्ने भएपछि छलफलमा काँग्रेस


0
Shares

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएपछि नेपाली कांग्रेस आफ्नो रणनीति बनाउन लागि परेको छ ।

नेकपाको दाहाल–नेपाल समुहले मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावमा आफ्नो रणनीति बनाउन कांग्रेस बागमती प्रदेशका नेताहरु बुढानिलकण्ठमा भेला भएका छन् ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बागमती प्रदेशका केन्द्रीय सदस्यहरुको बैठक बसेर प्रस्तावमाथिको धारणा तय गर्नेछन् । नेकपाको दाहाल–नेपाल समूहले दर्ता गराएको अविश्वासको प्रस्ताव आज प्रदेशसभामा टेबल गर्ने कार्यसुची रहेको छ । अविश्वासको प्रस्तावमा कांग्रेसको भूमिका निर्णायक देखिएको छ ।