२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


चितवनमा केटो र भाले दुई गैडा मृत फेला


0
Shares

चितवन । चितवन राष्ट्रिय निकुञ्जका दुईवटा गैँडा मृत भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले निकुञ्जको कोर इलाका पदमपुर फाँटमा १८ महिनाको केटो बच्चा गैँडा र बेलशहरघाट क्षेत्रमा करिव ३० वर्षको भाले गैँडा मृत भेटिएको जानकारी दिनुभयो ।

केटो गैँडाको ब्रम्हखाग र खुर तथा भाले गैँडाको खाग ,खुर सुरक्षित रहेको छ । यी दुई वटा गैडासहित चालु आर्थिक वर्षमा २२ वटा गैडा मरेको निकुञ्जले जनाएको छ ।