१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैतडी कोरोनामुक्त जिल्ला


0
Shares

बैतडी । बैतडीलाई कोरोनामुक्त जिल्ला घोषणा गरीएको छ । कोरोनाका सक्रिय संक्रमित सबै डिस्चार्ज भएसंगै बैतडीलाई कोरोनामुक्त घोषणा गरीएको हो ।

दशरथचन्द नगरपालिकाका एक पुरुष डिस्चार्ज भएसँगै बैतडी कोरोना सक्रिय संक्रमित शुन्य बनेको स्वास्थ्य कार्यालय बैतडी कोभिड १९ का फोकल पर्सन भुवनप्रसाद जोशीले जानकारी दिनुभयो । बैतडीमा हालसम्म ६ सय ३६ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको मृत्यु भएको थियो ।