२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रधानमन्त्री ओली देशका लागि सबैभन्दा ठूलो समस्याः माधवकुमार नेपाल


0
Shares

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली देशका लागि सबैभन्दा ठूलो समस्या भएको बताउनु भएको छ । उहाँले लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसाथ नगर्नेलाई देश र पार्टीको नेतृत्व गर्ने अधिकार नभएको बताउनु भयो ।

शुक्रबार वीरेन्द्रनगरमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक मूल्य मान्यताको धज्जी उडाएर कुप्रचार गरिएको बताउनु भयो । जिम्मेवार सरकार चाहनेहरु, भष्ट्राचारका विरोधीहरु सवै एकजुट हुनुपर्ने बताउँदै उहाँले कर्णाली प्रदेश जाग्नुपर्ने बताउनु भयो ।

नेता नेपालले नेकपाको आधिकारिकता आफूहरुमा रहेको बताउँदै प्रधानमन्त्री ओलीले देश भल्खाडोमा हालेको बताउनु भयो ।