
नवलपुर । करिव ७ महिनापछि नवलपुरका विभिन्न स्थानीय तहहरूमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । एक जनाले एकभन्दा बढी परिचयपत्र बोक्नु नपरोस् भनेर गत असारदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको हो ।
गैँडाकोटबाट अहिले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । नवलपुरका आठ स्थानीय तहमा परिचयपत्र वितरण सहज बनाउन पालिका स्तरमै जनशक्ति बनाएर वितरणको काम गरिएकाले स्थानीय उत्साहित भएको गैँडाकोट नगरपालिकाकी कार्यपालिका सदस्य रेखाकुमारी पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्