१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संवैधानिक इजलासमा अधिवक्ताको बहस गर्ने समय घट्यो


0
Shares

supreme court nepal

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा मुद्दामा बहस गर्नेहरूलाई संवैधानिक इजलासले कम समय दिन थालेको छ ।

बहसका लागि कानुन व्यवसायीहरूको संख्या धेरै भएकाले अन्तिम फैसला आउन ढिला हुने भन्दै इजलासले छोटो बहस गर्न भनेको हो ।

आजको बहसमा प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले कानुन व्यवसायीहरूलाई छिटो बहस सक्न आग्रह गर्नु भएको छ ।

कानुन व्यवसायी कोपिलप्रसाद अधिकारी बहसका लागि उभिएपछि प्रधानन्यायाधीश राणाले १० मिनेटमै बहस सिध्याउन आग्रह गर्नुभयो । अधिकारीले भने आफूलाई १५ मिनेट दिन माग गर्नुभयो ।

संवैधानिक इजलासमा आजका बहसकर्ताहरुलाई १५ मिनेट मात्र समय उपलब्ध गराइएको छ ।